वामदेवको सांसद पदबारे आज टुंगो लागेन
पूर्वमन्त्री तथा नेकपा पुनर्गठन अभियानका संयोजक वामदेव गौतमको राष्ट्रियसभा सदस्यको योग्यतामाथि प्रश्न उठाएर दायर भएको रिटमा सर्वाेच्च्च अदालतले बहस नोट मागेको छ । सर्वाेच्चको संवैधानिक इजलासमा आज भएको सुनुवाइपछि बहस नोट झिकाउने आदेश भएको हो ।
२०७७ भदौमा तत्कालीन नेकपाले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयनको लागि सिफारिस गरेको थियो । तर, २०७४ मा भएको आमचुनावमा बर्दिया–१ बाट पराजित उनलाई प्रतिनिधिसभाको सोही कार्यकालमा मन्त्रिपरिषद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा लैजानु संविधानको मर्म र भावना विपरीत भन्दै अधिवक्ताद्वय दिनेश त्रिपाठी र बद्रिराज भट्टले छुट्टाछुट्टै रिट दर्ता गरेका थिए ।
उक्त रिटमाथि सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले बहस नोट मगाउने आदेश दिएको हो ।
टिप्पणीहरू