सिन्ह्वाको समाचारमा रातो मच्छिन्द्रनाथको रथयात्रा (फोटो फिचर)

सिन्ह्वाको समाचारमा रातो मच्छिन्द्रनाथको रथयात्रा (फोटो फिचर)

ललितपुरको रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालको देवता मानिन्छ । सोमबार अपरान्ह मच्छिन्द्रनाथको मूर्तिलाई रथारोहण गरेपछि प्रारम्भ भएको रथयात्राको क्रम जारी छ ।

ऐतिहासिक एवम् सांस्कृतिक रातो मच्छिन्द्रनाथको रथयात्रा सबैभन्दा लामो जात्रा पनि हो । रथलाई तानेर जात्रा अवधिभर ललितपुरका टोलटोलमा पुर्याइन्छ । मच्छिन्द्रनाथको दर्शन गरेपछि सुःख, सुस्वास्थ्य, दीर्घायु तथा आर्थिक उन्नति हुने जनविश्वास छ । रथयात्राको क्रममा ललितपुरमा थेगिनसक्नु भीड हुन्छ । 

मच्छिन्द्रनाथको रथ झण्डै ३२ हात अग्लो हुन्छ । लिच्छवीकालमा मुलुकभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याण गरेको स्मरणमा प्रत्येक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि यो जात्रा मनाउन थालिएको जनविश्वास छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाले रातो मच्छिन्द्रनाथ भगवान शिवको अवतार भएको उल्लेख गरेको छ । ललितपुरमा मनाइने सबैभन्दा ठूलो धार्मिक कार्यक्रम र लामो रथ उत्सव भएको जनाउँदै सिन्ह्वाले फोटो फिचर नै बनाएको छ ।

स्रोत : सिन्ह्वा

 

टिप्पणीहरू