काँग्रेसको पार्टी मुख्यालयमा फोटो प्रदर्शनी

काँग्रेसको पार्टी मुख्यालयमा फोटो प्रदर्शनी

नेपाली काँग्रेसले पार्टी मुख्यालय, सानेपामा फोटो प्रदर्शनीको आयोजना गरेको छ । भूतपूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा फोटो प्रदर्शनी आयोजना गरिएको बताइएको छ । 

भूतपूर्व प्रधानमन्त्री स्वर्गीय कोइरालाको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित प्रदर्शनीमा ‘क्रान्तिदेखि शान्तिसम्म’ का फोटो राखिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रदर्शनी उद्घाटन गर्नुभएको हो ।

तस्बिर : नेपाल फोटो लाईब्रेरी ।

टिप्पणीहरू