प्रधानमन्त्री गृहजिल्लामा व्यस्त

प्रधानमन्त्री गृहजिल्लामा व्यस्त

हिजो दिउँसो गृहजिल्ला पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ । आज बिहान  उहाँ चितवनको दासढुंगा पुग्नुभएको छ ।

हिमालय फ्रन्टलाइनर्स प्याराग्लाईडिङ प्रालिले सञ्चालन गरेको प्याराग्लाइडिङको उद्घाटन गर्न उहाँ त्यहाँ जानुभएको हो । आजै उहाँले गैंडाकोटमा मौलाकालिका केबलकारको उद्घाटन गर्ने कार्यक्रम छ । यसअघि आज बिहान उहाँ चितवनमा पत्रकार भेटघाट कार्यक्रममा सहभागी हुनुभएको थियो ।

टिप्पणीहरू