नयाँ दिल्लीमा गरिएको उपचार खर्च आफैंले व्यहोर्न राष्ट्रपतिलाई गगन थापाको सल्लाह
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले हालै नयाँ दिल्लीमा गराउनुभएको उपचार खर्च आफैंले व्यहोर्दा राम्रो सन्देश जाने सल्लाह दिएका छन् ।
नेपाल ट्रेड युनियन काँग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राष्ट्रपति पौडेलले उताको उपचार खर्च आफैँले व्यहोर्दा राम्रो हुने बताएका हुन् । जनताले सबै खर्च आफैैंले व्यहोर्नुपर्ने तर राज्यका उपल्ला तहका पदाधिकारीहरुको खर्च सरकारले व्यहोर्ने वर्तमान नीतिको उनले आलोचना गरेका छन् ।
राष्ट्रपति पौडेल हिजो राति उपचारपछि नयाँ दिल्लीबाट स्वदेश फर्कनुभएको हो । उनले भने ‘म सम्माननीय राष्ट्रपतिलाई यहीँबाट अनुरोध गर्न चाहन्छु, सिंगो नेपाली नागरिकको तर्फबाट अनुरोध गर्न चाहन्छु, हाम्रो राष्ट्रपतिले मलाई के विश्वास छ भने यो कानुनको बारेमा उहाँलाई हेक्का छैन भन्ने मलाई लागेको छ । त्यसैले यो कानुनप्रति उहाँ सचेत रहेर यसरी उपचार गर्ने कुरा यहाँ गर्ने, बाहिर गर्ने यहाँका चिकित्सकहरुले भनिसकेपछि त्यो चिकित्सकीय कुरा हो । त्यसैले राष्ट्रपति बिरामी हुँदै गर्दा पनि उपचारको खर्च राष्ट्रपतिले आफ्नो खल्तीबाट व्यहोर्नुपर्छ । म बेहोर्छु भनेर हाम्रो राष्ट्रपति बाहिर आइदिनुस् त । त्यसले राष्ट्रपतिको सम्मान कहाँ पुर्याउँछ ?’
टिप्पणीहरू