राजधानीमा मोटरसाइकल चोरहरु सल्बलाउन थाले

राजधानीमा मोटरसाइकल चोरहरु सल्बलाउन थाले

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट दुई जना मोटरसाइकल चोर समातिएका छन् । 

ललितपुरको भैंसेपाटी बस्दै आएका २५ वर्षीय लोकबहादुर पाख्रिन र काठमाडौँको बौद्ध बस्ने २८ वर्षीय सुजन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

मोटरसाइकल चोरहरुको बिगबिगी बढेको सूचना प्राप्त भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

प्रहरीले उनीहरुको साथबाट बागमती प्रदेश ०२–०२१ प ४१७२ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ । थप अनुसन्धान तथा कारबाहीको निम्ति प्रहरी वृत्त चापागाउँ पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू