चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सामेल हुन परराष्ट्र मन्त्री दोहा हुँदै बेलायत पुग्ने
परराष्ट्र मन्त्री एनपी साउद बेलायत प्रस्थान गर्नुभएको छ । कतार एयरलाइन्सको जहाजबाट उहाँ आज बिहान बेलायतका लागि निस्कनुभएको हो ।
कतार एयरवेजको उडान नम्बर क्युआर-६५३ मा परराष्ट्र मन्त्री साउद पौने १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उड्नुभएको बताइएको छ । उहाँ दोहा ट्रान्जिट हुँदै बेलायत पुग्नुहुनेछ ।
मन्त्रि साउद बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागीता जनाउन बेलायत जानुभएको हो । त्यहाँ रहँदा उहाँ वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिंघक दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको हो ।
परराष्ट्रमन्त्री साउद २६ वैशाखमा स्वदेश फर्कने कार्यक्रम छ ।
टिप्पणीहरू