बुद्धको ज्ञान संसारमै अद्धितीय : प्रधानमन्त्री प्रचण्ड

बुद्धको ज्ञान संसारमै अद्धितीय : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय रहेको बताउनुभएको छ । 

२५६७औं बुद्धजयन्तीको अवसरमा शुक्रबार लुम्बिनीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । २५६७ वर्षअघि नेपालको लुम्बिनीमा जन्मिएका बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग संसारमा सर्वमान्य रहेको उहाँको भनाई छ । 

बुद्ध भौतिकवादी र द्वन्द्ववादी दुवै रहेका बताउनुभएका प्रधानमन्त्री प्रचण्डले  वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर बुद्धले भिक्षु संघको परिकल्पना र अभ्यास दुबै गरेका उल्लेख गर्नुभयो । 

दर्शनको क्षेत्रमा मात्र नभएर चिन्तन र समाज विज्ञानको क्षेत्रमा बुद्धको योगदान विश्वव्यापी रूपमा सर्वमान्य रहेको बताउँदै उहाँले पूर्वीय दर्शन र सभ्यताको पछिल्लो युगमा बुद्ध सबैभन्दा प्रख्यात र मान्य व्यक्तित्व भएका धारणा राख्नुभयो ।

टिप्पणीहरू