मलेसिया हुँदै कम्बोडिया जानुभएका अध्यक्ष कोरियाबाट फर्कनुभयो
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना कम्बोडिया भ्रमणपछि स्वदेश फर्कनुभएको छ । उहाँ हिजो साँझ काठमाडौं आइपुग्नुभएको बताइएको छ ।
अध्यक्ष तिमिल्सिना हिजो साँझ ६ बजे कोरियन एअरको उडानमा सिओल हुँदै काठमाडौं आउनुभएको जानकारी दिइएको छ ।
उहाँ गत आइतबार राति मलेसियन एअरलाइन्सको उडान नम्बर एमएच ११५ मा काठमाडौंबाट क्वालालम्पुर प्रस्थान गर्नुभएको थियो । अध्यक्ष तिमिल्सिना कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिन न्होम्पेन्ह जानुभएको हो ।
टिप्पणीहरू