प्रहरीका भूपू र वर्तमान हाकिमहरु विदेश प्रस्थान
नेपाल प्रहरीका एक जना भूतपूर्व र एक जना वर्तमान हाकिम विदेश यात्रामा गएका छन् । भूतपूर्व डिआइजी तथा पूर्व एमाले सांसद नवराज सिलवाल र बहालवाला एआइजी टेकबहादुर तामाङ विदेश भ्रमणमा गएका हुन् ।
सिलवाल र तामाङ दुबै जना बिहान सवा ८ बजे काठमाडौंबाट टर्किस एअरलाइन्सको उडान नम्बर टिके ७२७ मा इस्तानबुल गएको प्रवक्ता कुबेर कडायतले बताए ।
टिप्पणीहरू