प्रधानमन्त्री र एमाले अध्यक्षबीच सिंहदरबारमा कुराकानी

प्रधानमन्त्री र एमाले अध्यक्षबीच सिंहदरबारमा कुराकानी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा कुराकानी भएको बताइएको छ । 

प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष ओली बिहान साढे ११ बजे त्यहाँ पुग्नुभएको हो । 

एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध नक्कली भुटानी शरणार्थी काण्डमा पक्राउ पुर्जी जारी भएको अवस्थामा एमाले अध्यक्षले प्रधानमन्त्रीसँग दुई पटक भेट गरिसक्नुभएको छ । रायमाझी भने बुधबार साँझदेखि बुटवलबाट एकाएक ‘फरार’ भएका छन् । 

पक्राउ परेका अधिकांशले तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलतर्फ पनि संकेत गरेका छन् । उनका छोरासमेत पक्राउ पुर्जी जारीपछि फरार भएको बताइन्छ ।

टिप्पणीहरू