समाजवादीका अध्यक्षको मन्त्रालय साटियो
महिला, बालबालिका तथा समाजकल्याण मन्त्री महिन्द्रराय यादवको मन्त्रालय साटिएको छ । यादवलाई खानेपानी मन्त्रालयको जिम्मा दिएर कांग्रेसका सुरेन्द्र आचार्यलाई महिला मन्त्री नियुक्त गरिएको हो ।
आचार्यलाई आजै पद तथा गोपनियताको शपथ खुवाउने तयारी छ । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो साढे १२ बजे उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाउनु हुनेछ ।
गत बुधबारमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसबाट तीन जनालाई समेटेर ९औं पटक क्याविनेट विस्तार गर्नुभएको थियो । जसअनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा कांग्रेसका धनराज गुरूङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बू रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी नहुने निश्चित भएपछि काँग्रेसको भागमा यौटा मन्त्रालय थपिँदा आचार्य मन्त्री बनेका हुन् ।
माओवादी केन्द्रको चुनाव चिन्ह्वमा उठेर माननीय बनेका नेपाल समाजवादी पार्टीका अध्यक्ष यादव अघिल्लो पटकको क्याविनेट विस्तारका क्रममा महिला मन्त्री बनेका थिए ।
टिप्पणीहरू