मोटरसाइकलको पछाडि बस्ने प्रहरीलाई १ गतेदेखि हेल्मेट अनिवार्य

मोटरसाइकलको पछाडि बस्ने प्रहरीलाई १ गतेदेखि हेल्मेट अनिवार्य

नेपाल प्रहरीका कर्मचारीहरुले प्रयोग गर्ने दुई पाङ्ग्रे सवारी साधनको पछाडि बस्नेले समेत अबदेखि हेल्मेट लगाउनुपर्ने भएको छ । 

अगामी जेठ १ गतेदेखि प्रहरीले प्रयोग गर्ने दुई पाङग्रे सवारी साधनको पछाडि बस्ने व्यक्तिले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने व्यवस्था गर्न लागिएको हो ।

सरकारले यसअघि पटकपटक मोटरसाइकलमा यात्रा गर्ने दुवै जनालाई हेल्मेट लगाउन आग्रह गरेको थियो । सर्वसाधारणपछि अहिले प्रहरीका लागि पनि यो व्यवस्था गरिएको छ । 

यातायात व्यवस्था ऐनमा दुई पाङ्ग्रे सवारी चढ्ने दुवै जनाले हेल्मेट लगाउनुपर्ने अनिवार्य व्यवस्था छ । तर, चालकबाहेक अरुले लगाएको देखिँदैन ।

मोटरसाइकल दुर्घटनामा परेको अवस्थामा ‘हेड इन्जुरी’ का कारण ज्यान जानेको संख्या बढेपछि अनिवार्य हेल्मेट लगाउन सुसूचित गराइएको हो ।

टिप्पणीहरू