राप्रपाकाे ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री बैठकमा

राप्रपाकाे ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री बैठकमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको सात जनाको टोलीले भ्रष्टाचारविरुद्ध सशक्त कदम चाल्न माग गर्दै ज्ञापनपत्र बुझाएको बताइएको छ ।

राप्रपा टोली दिउँसो पौने २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर ज्ञापनपत्र बुझाएको हो । अध्यक्ष लिङ्देनको नेतृत्वमा गएको टोलीमा नेताहरु धु्रवबहादुर प्रधान, विक्रम पाण्डे, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, डा. प्रकाशचन्द्र लोहनीलगायत थिए ।

त्यसपछि प्रधानमन्त्री दाहाल राजधानी उपत्यकाको फोहोर तथा ट्राफिक व्यवस्थापनबारे आयोजित बैठकमा उपस्थित हुनुभएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा भएको उक्त बैठकमा काठमाडौं, ललितपुर र भक्तपुरको फोहोर व्यवस्थापन र ट्राफिक व्यवस्थापनबारे छलफल भइरहेको हो ।
 

टिप्पणीहरू