टोपबहादुर रायमाझी खोई ? भन्दै जुर्मुरायो वाइसिएल

टोपबहादुर रायमाझी खोई ? भन्दै जुर्मुरायो वाइसिएल

नक्कली शरणार्थी प्रकरणमा संलग्नहरुलाई छानविनको दायरामा ल्याउने सरकारी कदमको समर्थन गर्दै नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल सडकमा ओर्लिएको छ । 

वाइसिएलसहित माओवादी केन्द्रको जनवर्गीय संगठनहरुले "भ्रष्टाचारविरुद्धकाे अभियानमा ऐक्यवद्धता र खबरदारी कार्यक्रम' भन्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । काठमाडौंको माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । 

प्रदर्शनमा सहभागी माओवादी कार्यकर्ताले 'नागरिक बेच्न पाँइदैन, भ्रष्टाचार गर्न पाइँदैन', 'मानव तस्कर अन्त्य गर', 'टोपबहादुर रायमाझी खोई?', 'म माओवादी भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न', 'संगठित अपराध राष्ट्रघात हो', 'शरणार्थी प्रकरणमा मुछिएका सबैलाई निलम्बन गर', 'जनता तिम्रो साथमा छन्, भ्रष्टाचारको लिस्ट हातमा छन्', लेखिएका प्लेकार्डहरू बोकेका थिए । 

उक्त प्रदर्शनमा पूर्वमन्त्री मन्त्री दलजित  शेर्पाली, वाइसिएल इञ्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, वाइसिएल अध्यक्ष सुबोध शेर्पाली, अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय समिति संयोजक पवन कार्कीलगायत सहभागी थिए ।

टिप्पणीहरू