भारत गएका सांसदहरु फर्किए,नयाँ दिल्लीबाट बौद्ध धर्मगुरु आइपुगे
नेपाली काँग्रेसका सांसद प्रदीप पौडेल स्वदेश फर्किएका छन् । उनी बैंगलोरबाट नेपाल वायुसेवा निगमको उडान नम्बर आर ए २२६ मा गए राति साढे ८ बजे काठमाडौं आएका हुन् ।
हिजै राष्ट्रिय सभा सदस्य जीतेन्द्रनारायण देव नयाँ दिल्लीबाट आएका छन् । उनी एअर इण्डियाको उडान नम्बर एआई २११ मा राति साढे ८ बजेको समयमा काठमाडौं ओर्लिएको बताइन्छ ।
सोही उडानबाट एक जना बौद्ध धर्मगुरु पनि काठमाडौं आएका छन् । धर्मगुरु शाक्य रत्न बज्र रिम्पोछे काठमाडौं फर्केका हुन् ।
टिप्पणीहरू