मध्यरातमा सिंगापुर जाने अरु नै,इन्दिराको बास बिदेशतिरै बढी

मध्यरातमा सिंगापुर जाने अरु नै,इन्दिराको बास बिदेशतिरै बढी

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर सिंगापुर जानुभएको छ । उहाँ गए राति साढे ११ बजे सिंगापुर एअरलाइन्सको उडान नम्बर एसक्यु ४४१ मा काठमाडौंबाट प्रस्थान गर्नुभएको बताइएको छ ।

उपसभामुख भोलिदेखि बुधबारसम्म हुने संसदीय प्रक्रिया र विश्व व्यापार संगठनसम्बन्धी कार्यशालामा भाग लिन सिंगापुर जानुभएको हो ।

उपसभामुखसँगै प्रतिनिधि सभा सदस्य अम्मरबहादुर रायमाझीले पनि कार्यशालामा भाग लिनुहुनेछ । उपसभामुख चुनिएको अल्प अवधिमा रानाको आधा दर्जन पटक बिदेश यात्रा भैसकेको छ ।

टिप्पणीहरू