बालकृष्ण जोगाउन थानामा पुगेका काँग्रेस पूर्वसांसदलाई पक्राउ पुर्जी
नक्कली भुटानी शरणार्थी प्रकरण ढाकछोपमा संलग्न रहेको आरोपमा नेपाली काँग्रेसका पूर्वसांसद आङ्तावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
उक्त प्रकरणमा पक्राउ परेर हाल हिरासतमा रहेका सानु भण्डारीलाई भेटेका उनीमाथि आवश्यक अनुसन्धानका लागि पक्रन खोजिएको हो । प्रहरी उच्च अधिकारीका अनुसार शेर्पाले हिरासतमा भण्डारीलाई भेटेर पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतको नाम नपोल्न अनुरोध गरेका थिए ।
तर, आफूविरुद्ध पुर्जी जारी गर्ने प्रहरीको तयारी सुईंको पाएका शेर्पा मोबाइल अफ गरी बेपत्ता भएका छन् । अस्ति जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएको प्रहरीले त्यतिबेलादेखि नै खोजी थाले पनि फेला पार्न सकेको छैन ।
दोस्रो संविधानसभा निर्वाचनमा रामेछापबाट चुनाव जितेका शेर्पाले हिरासतमा भण्डारी र केशव दुलालसँग भेटेर अनुसन्धान प्रभावित पार्ने प्रयास गरेको बताइएको छ ।
टिप्पणीहरू