कोही टेकू र सिंहदरवार,कोही सोह्रखुट्टे

कोही टेकू र सिंहदरवार,कोही सोह्रखुट्टे

हिजो राजधानीबाट पक्राउ परेका एमाले नेता तथा पूर्वप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई सोह्रखुट्टे प्रहरी वृत्तमा राखिएको छ । बूढानीलकण्ठभन्दा एक किलोमीटर दक्षिणतर्फको पासिकोटस्थित आफन्तको घरमा लुकी बसेका उनलाई प्रहरीले राति पौने ९ बजे समातेको हो ।

प्रहरी टोलीले काँग्रेस नेतृ तथा पूर्व उपसभामुख पुष्पा भुसालको घर नजिकैबाट पक्राउ गरेपछि रायमाझीको स्वास्थ्य परीक्षण गराएको थियो । राति साढे १० बजे स्वास्थ्य परीक्षण गराएर उनलाई टेकु हुँदै सोह्रखुट्टेस्थित प्रहरी वृत्तमा राखिएको छ ।

नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएर बुटवलबाट भारत पसेका उनी केही दिनदेखि भुसालको घर नजिकै आफन्तकोमा लुकी बसेका थिए । त्यसअघि उनी बुटवलबाट स्याङ्जा हुँदै पोखरा पुगेको प्रहरीको दाबी छ । पोखराबाट लुकिछिपी काठमाडौं आएर पासिकोटमा बसेका  हुन् ।

उक्त प्रकरणमा पक्राउ परेका १२ जनालाई काठमाडौं प्रहरी परिसर टेकूमा राखिएको छ ।

टिप्पणीहरू