मकवानपुरमा भरुवा बन्दुक, महोत्तरीमा गोलीसहित पेस्तोल

मकवानपुरमा भरुवा बन्दुक, महोत्तरीमा गोलीसहित पेस्तोल

प्रहरीले मकवानपुर र महोत्तरीबाट गोलीसहितको हतियार बरामद गरेको छ । मकवानपुरमा थाहा नगरपालिका १२, तल्लो बसन्तबाट र महोत्तरीमा हलखोरीबाट भरुवा बन्दुक र गोलीसहितको पेस्तोल फेला पारेको जनाइएको छ ।

थाहा नगरापालिकाका ५५ वर्षे बुद्धेराम थिङको साथबाट एक नाले भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

उता महोत्तरीमा भारत सीतामढीका २५ वर्षे पप्पु यादवले बोकेको पेस्तोल प्रहरीले बरामद गरेको हो । पेस्तोलसहित पाँच राउण्ड गोली पनि फेला परेको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू