खाँणको बयान भोलि पनि, टोपबहादुरसँग लगत्तै

खाँणको बयान भोलि पनि, टोपबहादुरसँग लगत्तै

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग बयान लिने क्रम भोलि पनि जारी हुने भएको छ । जिल्ला सरकारी वकिल कार्यालयमा लिइएको बन आज नसकिएपछि भोलि पुनः लिने बताइएको छ ।

यसैबीच आज जिल्ला अदालत काठमाडौंमा पुर्याइएका पूर्व उपप्रधानमन्त्री तथा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीसँग बयान लिने र अनुसन्धान गर्न तीन दिनको म्याद दिइएको छ । उनीसँग आजैदेखि प्रहरीले बयान लिने र त्यसपछि सरकारी वकिल कार्यालयमा पुर्याइनेछ । 

उक्त प्रकरणमा पक्राउ परेका १३ जनामध्ये १२ जनासँग बयान लिने कार्य सकिएको छ । रायमाझी हिजो राति काठमाडौंमा पक्राउ परेका हुन् । पक्राउ पुर्जी जारी भएका दुई जनामध्ये तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र नेपाली काँग्रेसका पूर्वसांसद आङटावा शेर्पा फरार छन् ।
 

टिप्पणीहरू