अवैध पैठारीका सामान सीमानामा समातियो
सशस्त्र प्रहरी बलले भारतबाट अवैध रुपमा ल्याउँदै गरेका विभिन्न सामान कपिलवस्तुको महाराजगञ्ज नगरपालिका ७ स्थित कोटियाबाट नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले झण्डै १ लाख ५३ हजार रुपैयाँ बराबरको चोरीपैठारीका टायल, मेट्रिस र फेन्सी तथा कस्मेटिक सामान बरामद गरेको बताइएको छ ।
उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुले बरामद गरेको हो । सोही जिल्लाको यशोधरा गाउँपालिका ७ स्थित मर्यादापुरबाट पनि ४४ हजार रुपैयाँ बराबरको मोटरपार्टस् बरामद गरेको जनाइएको छ ।
ती सामान पनि सशस्त्रको नम्बर २८ गण कपिलवस्तुले बरामद गरेको हो । बरामद सामान आवश्यक कारबाहीको निम्ति सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ ।
टिप्पणीहरू