सहकारीले रकम फिर्ता नगरेपछि पाँच तलामाथि हाम्फाल्न

सहकारीले रकम फिर्ता नगरेपछि पाँच तलामाथि हाम्फाल्न

सहकारीले आफ्नो रकम फिर्ता नगरेपछि बचतकर्ताले सहकारीको भवनबाट हाम्फाल्ने तयारी गरेपछि तत्काल जोगाइएको छ । ललितपुरको पुल्चोकमा रहेको गोल्डेन रोज सहकारीको माथिल्लो तलाबाट बचतकर्ताले हाम्फालेर प्राण त्याग्न खोजेको बताइन्छ । 

‘गोल्डेन रोज सहकारीको पाँच तला माथिबाट हाम्फाल्न खोजेका बचतकर्तालाई अरुले जोगाएका हुन्,’ घटनास्थल नजिकै उभिएका एक जनाले भने । 

गोल्डेन रोज पुल्चोकस्थित सुमेरु सहकारीको सामुन्नेको भवनमा छ । पछिल्ला दिनमा सहकारीले रकम फिर्ता गर्न नसकेपछि बचतकर्ताहरुको बिचल्ली हुन थालेको हो ।

टिप्पणीहरू