चोरको खल्तीमा असईले ब्राउन सुगर हालिदिएपछि...
सुर्खेतको बाङ्गेसिमल प्रहरी चौकीका सहायक निरीक्षक (असई) नारायण बिष्टले चोरीको आरोपमा पक्राउ परेका दिनेश अधिकारीको खल्तीमा आफैंले ब्राउन सुगर हालिदिएको आरोप छ ।
प्रहरीले दिनेशलाई शनिबार पक्राउ गरेको थियो । त्यसपछि उनको साथबाट पाँच पुडिया (१८० ग्राम) ब्राउन सुगर भेटिएको प्रहरीले जनायो । तर दिनेशले प्रारम्भिक बयानमा असई विष्टले आफूलाई फसाउन उक्त हर्कत गरेको आरोप लगाएका छन् । दिनेशले खल्तीमा ब्राउन सुगर हाल्ने कार्यमा आफ्नै बुबा चन्द्रबहादुर अधिकारीकोसमेत संलग्नता रहेको बताए ।
अहिले उनका बुबा पनि प्रहरी नियन्त्रणमा छन् । असई बिष्टलाई आरोपपछि छानबिनका लागि जिल्ला प्रहरी कार्यालय तानिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक परशुराम चौधरीले बताए ।
दिनेशले नियमित रुपमा चोर्न थालेपछि उनलाई लामो समय प्रहरी नियन्त्रणमा राख्न बुबा चन्द्रबहादुरको मिलेमतो देखिएको हो ।
टिप्पणीहरू