सेनालाई एमआरआई मेसिन बुझाउन चिनियाँ राजदूत छाउनीमा

सेनालाई एमआरआई मेसिन बुझाउन चिनियाँ राजदूत छाउनीमा

छिमेकी देश चीनले वीरेन्द्र सैनिक अस्पताललाई एमआरआई मेसिन दिएको छ । आज एक कार्यक्रमका बीच नेपालका लागि चिनियाँ राजदूत छन साेङले उक्त मेसिन हस्तान्तरण गरेका छन् ।  

आज बिहान छाउनीस्थित अस्पतालमा पुगेर राजदूत छनले मेसिन हस्तातरण गरेको चिनियाँ दूतावासले जनाएको छ ।

नेपाली सेनाले सन्चालन गरेको वीरेन्द्र अस्पतालका लागि आवश्यक पर्ने विभिन्न उपकरण सहयोग गर्दै आएको चीन सरकारले सोही क्रममा एमआरआई मेसिन पनि दिएको हो ।

टिप्पणीहरू