सशस्त्रद्वारा १० गजा नपुग्दै १ सय ६६ केजी गाँजा बरामद

सशस्त्रद्वारा १० गजा नपुग्दै १ सय ६६ केजी गाँजा बरामद

नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा सर्लाहीबाट एक सय ६६ केजी गाँजा बरामद गरिएको छ । मलंगवा नगरपालिका–९ सीमा इलाकाबाट सशस्त्र प्रहरी बलले उक्त परिमाणको गाँजा बरामद गरेको जनाएको छ ।

सशस्त्रको प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा (विओपी मलंगवा) बाट खटिएको टोलीलाई देखेपछि गाँजा ओसारपसारमा संलग्नहरु  फरार भएको बताइएको छ ।

 

बरामद गाँजा आवश्यक कारबाहीको निम्ति जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीमा बुझाइएको छ ।

टिप्पणीहरू