हज समितिका अध्यक्ष उर्जा मन्त्रालयबाट पक्राउ

हज समितिका अध्यक्ष उर्जा मन्त्रालयबाट पक्राउ

नक्कली भूटानी शरणार्थी प्रकरणमा नाम जोडिएका हज समितिका अध्यक्ष समशेर मियाँ पक्राउ परेका छन् । प्रहरीले केही बेरअघि उनलाई उर्जा मन्त्रालयअगाडिबाट समातेको हो ।    

शरणार्थी काण्डका योजनाकार एमाले सांसद टोपबहादुर रायमाझीनिकट अर्घाखाँचीका मियाँमाथि गिरोहका सदस्यहरुसँग उठबस गरेको र आफूले चढ्ने गृह मन्त्रालयको सरकारी गाडी पैसा ओसार्न उपलब्ध गराएको आरोप छ । त्यसैमा छानविनका लागि पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले जानकारी दिए । 

उर्जा मन्त्रालय नजिकै समातिएका मियाँलाई मन्त्री शक्तिबहादुर बस्नेतले लुकाउन खाजेकाे प्रहरीकाे आरोप छ ।

टिप्पणीहरू