स्टार्टअप कर्जा मागको चार सय आवेदन, आधा रद्ध
सरकारले नवप्रवर्तन व्यवसाय (स्टार्टअप उद्यम) लाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरेको स्टार्टअप कर्जाका लागि उद्योग विभागमा ३८२ आवेदन परेका छन् ।
गत चैत १६ गते स्टार्टअप उद्यम कर्जाका लागि विभागले २१ दिनभित्र प्रस्ताव पेश गर्न स्टार्टअप व्यवसायलाई आह्वान गरेको थियो । सो अवधिमा तीन सय ८२ वटा स्टार्टअप उद्यमले प्रस्ताव पेश गरेका थिए ।
विभागका अनुसार प्रस्ताव पेश गर्नेमध्ये कार्यविधिको दफा २ (झ) र दफा ४ (१) अनुसार मापदण्ड पूरा नभएका दुई सय १३ प्रस्ताव रद्द गरिएको छ ।
कार्यविधिको दफा ४ (१) मा स्टार्टअप उद्यममा कर्जा प्रवाह गर्ने प्रयोजनका लागि उद्यम वा व्यवसाय सञ्चालन भएको सात वर्ष ननाघेको तथा अन्य मापदण्ड पूरा भएको हुनुपर्दछ ।
तर, प्रस्ताव पेश गरेका दुई सय १३ स्टार्टअप उद्यम मापदण्ड पूरा नभएका कारण उनीहरुको प्रस्ताव कर्जाको निम्ति योग्य नभएको स्टार्टअप समितिको सचिवालयले जनाएको छ ।
टिप्पणीहरू