हुम्लाका छक्क बुढा कर्णाली नदीमा बेपत्ता
माछा मार्न गएका हुम्लाको अदानचुली–२ बस्ने छक्क बुढा कर्णाली नदीमा बेपत्ता भएका छन् ।
आज बिहान कर्णालीको आरजितेमा माछा मार्ने क्रममा डुबेर उनी बेपत्ता भएका हुन् । जाल हाल्न खोज्दा ढुंगाबाट चिप्लिएका बुढा दुई घण्टादेखि बेपत्ता रहेकोमा खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
घटना सार्वजनिक हुनेबित्तिकै घटनास्थलमा पुगेका अदानचुलीको गल्फागाड प्रहरी चौकी, गाउँपालिकाका पदाधिकारी र अन्य स्थानीयले उनको खोजी गरिरहेका छन् ।
टिप्पणीहरू