अस्पतालमा बिरामी बितेपछि उपचार खर्च मिनाहा गर्न केएमसी तयार

अस्पतालमा बिरामी बितेपछि उपचार खर्च मिनाहा गर्न केएमसी तयार

काठमाडौँको सिनामंगलमा रहेको केएमसी अस्पतालमा उपचाररत एक बिरामीको निधन भएपछि अस्पताल प्रशासनले उपचारमा लागेको खर्च मिनाहा गर्ने भएको छ । 

हातको सामान्य समस्या जचाउन अस्पताल पुर्याइएकी एक वर्षीया शिशुको उपचारका क्रममा निधन भएको र त्यसलाई लिएर आन्दोलन हुनसक्ने अवस्था देखेपछि सट्याकसुटुक मिलापत्र गरेर अस्पताल प्रशासन खर्च व्यहोर्न राजी भएको बताइन्छ । 

काभ्रेपलाञ्चोक जिल्ला स्थायी बासस्थान भई भक्तपुरमा बस्दै आएका बाबुआमाले आस्मा तामाङलाई अस्ति जेठ ३ गते हात जचाउन केएमसी लगेकोमा उनको आज बिहान ३ बजेतिर मृत्यु भएको बताइएको छ । चिकित्सकको लापरबाहीले बालिकाको मृत्यु भएको आशंकामा परिवारका सदस्यहरुले अस्पतालविरुद्ध आन्दोलनको तयारी थालेका थिए । 

तर, आज बिहान मृतक बालिकाका अभिभावक र अस्पताल प्रशासनबीचको वार्तापछि उपचारमा लागेको सम्पूर्ण खर्च अस्पतालले नै व्यहोर्ने सहमति भएको हो । त्यसपछि सहमतिमै मृतकका परिवारले शव बुझेका छन् । उक्त शव मध्यान्ह बा.०२८ च ४२१७ नम्बरको एम्बुलेन्समा राखेर अन्तिम संस्कारका लागि स्वयम्भूतर्फ लगेको बताइएको छ ।

टिप्पणीहरू