अध्यक्षले लाइक कम पाएको भन्दै रिसाएका विष्णु रिमालले 'बौलाहा' भनेपछि हर्क साम्पाङको जवाफ, ‘गुइँठे'

अध्यक्षले लाइक कम पाएको भन्दै रिसाएका विष्णु रिमालले 'बौलाहा' भनेपछि हर्क साम्पाङको जवाफ, ‘गुइँठे'

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा एमालेका उपमहासचिव विष्णु रिमाललाई 'गुइँठे' को संज्ञा दिएका छन् । 

हिजो एक कार्यक्रममा रिमालले आफूलाई ‘बौलाहा टाइपको मेयर’ भनेपछि त्यसको जवाफमा हर्कले गुइँठेले के भने भन्ने कुराको प्रतिवाद नगर्ने बताएका हुन् । 
 
उनले लेखेका छन्, ‘विष्णु रिमाल कि खोइ के भन्ने गुइँठेले के भने भन्ने कुराको प्रतिवाद गर्दिन म । मेरा समर्थक र शुभचिन्तक सार्वभौम नेपाली जनतालाई छोड्दिन्छु ।’

एमाले अध्यक्ष केपी ओलीका विश्वासपात्र रिमाले हिजो पार्टीको प्रशिक्षण कार्यक्रममा पछिल्लो समय उदाएका तीन जना युवा नेताहरुको टिप्पणी गरेका थिए । त्यसमा उनले मेयर हर्कलाई बौलाहा भनेका थिए । 

रिमालले सामाजिक सञ्जाल फेसबुकमा अत्याधिक लाइक आउने सन्दर्भमा धरानमा मेयर हर्कसहित काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम लिएका थिए । 

धरानका 'बौलाहा टाइपका मेयर'को सामाजिक सञ्जालमा हजारौं लाइक आएको तर आफ्नो पार्टीका अध्यक्षको लाइक कम आएको भन्दै उनले कार्यकतासमक्ष असन्तुष्टीसमेत पोखेका थिए ।
 

टिप्पणीहरू