मुख किन लुकाउने ?

मुख किन लुकाउने ?

अन्ततः फरार भइरहेका टोपबहादुर रायमाझी पनि पक्राउ परेछन् । सुनिन्छ, प्रहरी उनलाई खोज्न गोरखपुर धाइरहेको थियो । उनी भने काठमाडौंकै बूढानीलकण्ठमा भेटिए । नेपाल प्रहरीको गुप्तचरी कति तगडा रहेछ– यसैबाट थाहा हुन्छ ।

पक्राउ परेका टोपबहादुर रायमाझी बयानका लागि अदालत लगिँदा ढाकाटोपीमा सजिएका थिए । अरु बेला टोपी नलगाउने रायमाझी त्यो दिन ढाकाटोपीमा यसरी सजिएर आए मानौं कुनै महत्वपूर्ण राष्ट्रिय कार्यक्रममा प्रमुख अतिथिको आसन ग्रहण गर्न गइरहेका छन् । अदालत जानुअघि उनले मुस्कानसहित हात हल्लाएर अभिवादन पनि गरे । उनको मुस्कान देखेर कतिपयले टिप्पणी गरे– हेर, कति लाज नभा’को । पक्राउ परेको छ तर हाँसिरहेको छ । 

उनको हाँसोमा पनि मानिसलाई रिस उठेको रहेछ । रिस उठे उठोस् । उनी कुनै पकेटमार सकेटमार त होइन नि जो पक्राउ पर्नेबित्तिकै मुखमा मास्क लगाएर हिँडोस् । न कुनै बलात्कारी हो, न कुनै भ्रष्टाचारी हो । उनी त नेपाली जनतालाई भुटानी शरणार्थी बनाएर अमेरिका निर्यात गर्ने एक एक्स्पोर्ट व्यापारी पो हो । यस्तो मान्छेले किन मुख लुकाउनु ! मुख लुकाउने त उही पाकेटमार, ज्यानमारा, बलात्कारी, व्यभिचारीले मात्र हो । उनले किन लुकाउने ? 
 

टिप्पणीहरू