कोशीमा बजेट अधिवेशन आह्वान

कोशीमा बजेट अधिवेशन आह्वान

कोशी प्रदेशसभाको बजेट (वर्षे) अधिवेशन आगामी जेठ १४ गतेदेखि शुरु हुने भएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले जेठ १४ गते दिँउसो २ बजेका लागि बजेट अधिवेशन आह्वान गरेका हुन् । 

प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै प्रदेश सभाहल, विराटनगरमा अधिवेशन हुने जनाएको छ ।  

'कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन सम्बत् २०८० साल जेठ १४ गते आइतबार दिनको २ बजे प्रदेश सभाहल, विराटनगरमा आह्वान भएकाले कोशी प्रदेशको प्रदेश सभा नियमावली, २०७४ को नियम ३ को उपनियम (१) बमोजिम सदस्यलाई जानकारीका लागि सभामुखको आदेशानुसार यो सूचना प्रकाशित गरिएको छ’. सूचनामा भनिएको छ । 

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को हिजोको बैठकले दोस्रो तथा बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

टिप्पणीहरू