आज पनि संसदको संयुक्त बैठक
आज पनि संसदको दुवै सदनको संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो ४ बजे संसद भवन, नयाँ बानेश्वरमा राखिएको संसदका महासचिव डा.भरतराज गौतमले जानकारी दिनुभएको छ ।
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली संशोधन मस्यौदा समितिको प्रतिवेदन पेश गर्न संयुक्त बैठक बोलाइएको बताइएको छ ।

यसअघि गत शुक्रबार पनि दुबै सदनको संयुक्त बैठक बसेको थियो । सोही बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
आगामी सोमबार पनि संसदको दुवै सदनको संयुक्त बैठक बस्दैछ । उक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुनेछ ।
प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे राखिएको छ ।
टिप्पणीहरू