विद्युत सर्ट हुँदा हाइवे कटेज जलेर नष्ट
कैलालीको धनगढी उपमहानगरपालिकामा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको छ ।
धनगढी उपमहानगरपालिका–३ का ३३ वर्षीय शुशिल कुँवरको हाइवे कटेजमा हिजो दिउँसो आगलागी हुँदा उक्त क्षति भएको हो ।
विद्युत सर्ट भई लागेको आगोले कटेज पूर्णरुपमा जलेर नष्ट भएको जानकारी दिदैं प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
टिप्पणीहरू