युवतीलाई खुकुरीले छप्काएर आफैँ सेरिएका युवक अस्पतामा

युवतीलाई खुकुरीले छप्काएर आफैँ सेरिएका युवक अस्पतामा

संखुवासभामा एक युवतीको खुकुरी प्रहारबाट हत्या गरिएको छ । खाँदबारी नगरपालिका–१ मा २१ वर्षीया युना दर्नालको आज हत्या भएको हो । 

सभापोखरी गाउँपालिका–१ का २३ वर्षीय नन्दराम गदालले खुकुरीले हानेर दर्नालको हत्या गरेको प्रहरीले जनाएको छ । 

 दर्नालको हत्या गरेपछि आफ्नै पेटमा खुकुरी प्रहार गरेर आत्महत्याको प्रयास गरेका नन्दरामको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ ।

टिप्पणीहरू