जनप्रतिनिधिलाई तालिम दिँदै एमाले अध्यक्षले भन्नुभयो, सबै ठाउँमा ५१ प्रतिशत चाहिन्छ

जनप्रतिनिधिलाई तालिम दिँदै एमाले अध्यक्षले भन्नुभयो, सबै ठाउँमा ५१ प्रतिशत चाहिन्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले सबै ठाउँमा ५१ प्रतिशत जित्ने दाबी गर्नुभएको छ । 

पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई आज प्रशिक्षण दिँदै उहाँले आउने २०८४ सालको चुनावमा ५१ प्रतिशतभन्दा बढी प्रतिनिधित्व हुनेगरी अहिलेबाटै तयारीमा लाग्नुपर्ने बताउनुभएको हो । वडादेखि केन्द्रसम्म ५१ प्रतिशत बढी भए हरेक ठाउँमा निर्वाचन जित्न सकिने उहाँको किटानी दाबी छ ।

 

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यसका लागि अहिलेदेखि नै लागियो भने मात्र काम गर्न सक्छौं । तपाईंहरुसँग आफ्नो कार्ययोजना हुनुपर्छ ।’

टिप्पणीहरू