ट्रयाक्टर दुर्घटनामा परेका मानबहादुर रहेनन्

ट्रयाक्टर दुर्घटनामा परेका मानबहादुर रहेनन्

तनहुँको ब्यास नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

ब्यास-९ गजौडेका ४८ वर्षीय मानबहादुर थापा मगरको आज ट्रयाक्टर दुर्घटनामा मृत्यु भएको हो । आज बिहान कुमाल गाउँस्थित सडकमा लु.२ त ८१३२ नम्बरको ट्रयाक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उनी गम्भिर घाइते भएका थिए । 

तत्कालै उपचारका निम्ति रत्नहरी अस्पताल दमौली पुर्याइएकोमा उपचारको क्रममा उनको प्राण गएको प्रहरीले जनाएको छ । 

प्रहरीले ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

टिप्पणीहरू