अमेरिकी राजदूत सिंहदरबारमा, माओवादी टोली बेइजिङमा

अमेरिकी राजदूत सिंहदरबारमा, माओवादी टोली बेइजिङमा

चीन भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रको प्रतिनिधिमण्डल राजधानी बेइजिङ पुगेको छ । १० दिन लामो चीन भ्रमणको क्रममा तिब्बतलगायत दक्षिण पश्चिम चीन हुँदै टोली बेइजिङको भेटघाटमा व्यस्त भएको बताइएको छ ।

सोही क्रममा हिजो चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओसँग पूर्व सभामुखसमेत रहनुभएका माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले भेटवार्ता गरेको हो ।

यता, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले हिजो परराष्ट्रमन्त्री एनपी साउदसँग छलफल गर्नुभएको छ । मन्त्री साउदसँग भेटवार्ताको निम्ति राजदूत थम्पसन हिजो सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुग्नुभएको थियो ।
 

टिप्पणीहरू