विवेकशीलका दुई नेताले माइतीघरमा पलेंटी कसे

नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन र कारवाही प्रक्रियाप्रति सन्देह जनाउँदै विवेकशील पार्टीले आन्दोलन शुरु गरेको छ । 

यस प्रकरणका दोषीलाई उम्क्याउने खेल भैरहेको आरोप लगाउँदै विकेकशीलका केन्द्रीय सदस्य शशीबिक्रम कार्कीसहित २ जना आज माइतीघरमा धर्ना बसेका हुन् । उनीहरुले 'भुटानी शरणार्थी काण्डमा ठूला माछा उम्काउने खेल बन्द गर' लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिको संलग्नता देखिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्वगृहमन्त्री र बहालवाल सचिवसहित १६ जना पक्राउ परेका छन् भने सोही संख्यामा आरोपित फरार छन् । उनीहरु सबै विरुद्ध संगठित ठगी, राज्यविरुद्धको अपराध, किर्ते र ठगिको कसूरमा मुद्दा चलाइएको छ । 

तर, ठूला नेता नै यस प्रकरणमा मुछिएकाले अनुसन्धान फितलो हुनसक्ने आशंकाले केही राजनीतिक दल, तिनका भातृ संगठन र अन्य सरोकारवालाहरुले खबरदारीका लागि भन्दै आन्दोलन गरिरहेका छन् ।

टिप्पणीहरू