पाटनका श्रीमान धनगढीतिर, ऊर्जाका सचिव स्वदेश फिर्ती

पाटनका श्रीमान धनगढीतिर, ऊर्जाका सचिव स्वदेश फिर्ती

धनगढी उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्रबहादुर बम काठमाडौंबाट फर्किनुभएको छ । श्री एयरलाइन्सको विमानबाट उहाँ आज बिहान धनगढी पुग्नुभएको हो । 

श्री एयरलाइन्सको उडान नम्बर एसएचए–२२१ बाट न्यायाधीश बम बिहान साढे ९ बजे काठमाडौंबाट धनगढीका लागि प्रस्थान गर्नुभएको थियो ।  

त्यस्तै, पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजाल विराटनगर जानुभएको छ । बुद्ध एयरको बिहान साढे ८ बजेको उडानमा उहाँ आफ्नो गृहनगरसमेत रहेको प्रदेश १ को राजधानी विराटनगर जानुभएको हो । 

यता, ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे जर्मनीबाट फर्कनुभएको छ । उहाँ कतार एयरवेजको उडानमा आज बिहान पौने १० बजे काठमाडौं ओर्लनुभएको हो ।

टिप्पणीहरू