सन्दीप लामिछानेले बलात्कार नगरेको विप्लवहरुको ठहर
उमेर नपुगेकी किशोरी बलात्कारको आभियोगमा मुद्दा खेपिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको बचाउमा युवाहरुको एक समूहले आज काठमाडौंमा धर्ना दिएको छ ।
सन्दीपको न्यायको लागि भन्दै विप्लव खड्का, प्रदिप कटवाललगायत युवाहरुले आज बिहान माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिएका हुन् । अदालतमा लामिछानेको मुद्दाको पेशी तोकिने भनिएकै दिन उनलाई जोगाउन, साथ दिन र पक्षमा उभिन भन्दै विप्लवलगायत केही युवा धर्नामा उत्रिएका हुन् ।
नेपाली क्रिकेट टोलीका महत्वपूर्ण खेलाडी लामिछानेविरुद्ध बलात्कारको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । पटक–पटक स्थगित हुँदै आएको उनको मुद्दाको सुनुवाई आज पनि रोकिएको छ ।
टिप्पणीहरू