नेपालको अनुरोधमा भैंसी दिन लागिएको भारतको स्पष्टोक्ति

नेपालको अनुरोधमा भैंसी दिन लागिएको भारतको स्पष्टोक्ति

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने भ्रमण पूरा गरेर आज साँझ स्वदेश फर्कंदै हुनुहुन्छ । उहाँ नेपाली प्रतिनिधिमण्डलसहित साँझ सवा ६ बजे नयाँ दिल्लीबाट नेपाल वायुसेवाको उडानमा काठमाडैं आउन लाग्नुभएको बताइएको छ ।

यता भारतले नेपाललाई १५ वटा विकसित जातका भैंसी उपहारस्वरुप दिन लागिएको जानकारी गराएको छ । मूर्रा जातका भैंसी उपहार दिने सहमति भएको उल्लेख गर्दै भारतीय अधिकारीहरुले नेपाली पक्षको अनुरोधमा भैंसी उपलब्ध गराउने निर्णय भएको बताएका छन् । 

भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको भ्रमणको क्रममा भएको छलफलमा उक्त सहमति भएको हिजो जारी विज्ञप्तिमा उल्लेख छ । भनिएको छ, ‘कृषि तथा पशुपंक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरुप नेपाल सरकारको अनुरोधमा १५ वटा मूर्रा भैंसी नेपाल सरकारलाई उपलब्ध गराउन लागिएको हो ।’

टिप्पणीहरू