प्रधानमन्त्रीकाे हिजाे राेकिएकाे सम्बाेधन आज

प्रधानमन्त्रीकाे हिजाे राेकिएकाे सम्बाेधन आज

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ । बिहान ११ बजे बोलाइएको बैठकमा प्रधानमन्त्रीले हालैको भारत भ्रमणबारे जानकारी गराउनुहुनेछ । 

उहाँले हिजो सम्बोधन गर्ने कार्यक्रम थियो । हिजो बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारणवशः उल्लेख गरेर स्थगित गरिएको थियो ।

आज दुवै सदनको बैठक बिहान ११ बजे शुरु हुँदैछ । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरिएको बजेटमाथिको छलफल जारी रहेको कार्यसूची छ ।

प्रधानमन्त्रीको सम्बोधनपछि राष्ट्रिय सभा बैठकमा पनि प्रस्तुत बजेटमाथि सदस्यहरुले आफ्ना धारणा राख्ने कार्यक्रम छ ।

टिप्पणीहरू