अमेरिकी सैन्य सूचना  विश्लेषकको काठमाडौं आगमन

अमेरिकी सैन्य सूचना  विश्लेषकको काठमाडौं आगमन

अमेरिकी सैन्य सुराकी विश्लेषक तथा कूटनीतिज्ञ काठमाडौं आएकी छन् । 

भिक्टोरिया आन रिज्याक कतारको राजधानी दोहा हुँदै हिजो दिउँसो कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ मा आएकी हुन् ।
भिक्टोरियासँग विश्वका विभिन्न मुलुकको सैन्य सुराकीसम्बन्धी लामो अनुभव रहेको बताइन्छ । उनी कोरियास्थित अमेरिकी जल सेनाको टोलीमा सुराकी योजनाविज्ञ रुपमा सन् २०२० देखि २०२२ सम्म साढे दुई वर्ष कार्यरत थिइन् । 

त्यसैगरी सन् २०१८ को डिसेम्बरदेखि सन् २०१९ को डिसेम्बरसम्म एक वर्ष फ्रान्समा रहिन् । पेरिसस्थित अमेरिकी दूतावासमा उनी असिस्टेन्ट डिटेचमेण्ट कमाण्डर रहेको बताइन्छ । सोही हैसियतमा उनी बेइजिङस्थित अमेरिकी दूतावासमा डिसेम्बर २०१७ देखि २०१८ को डिसेम्बरसम्म एक वर्ष बसेकी थिइन् ।

त्यसअघि इजिप्टको राजधानी कायरोस्थित अमेरिकी दूतावासमा थिइन् । मरिन सेक्युरिटी गार्डको जिम्मेवारीमा उनी २०१६ डिसेम्बरदेखि २०१७ डिसेम्बरसम्म कार्यरत रहेको बताइन्छ । उनी सन् २०१२ सेप्टेम्बरदेखि अक्टोबर २०१६ सम्म अमेरिकी जलसेनाको साइबरस्पेस कमाण्डमा साइबर इन्टेलिजेन्स अनालिष्टको हैसियतमा थिइन् ।
स्रोत भन्छ, ‘अन्ना मे २०१० देखि अगष्ट २०१२ सम्म अमेरिकी जलसेनाको जापानस्थित थ्रीडी मरिन लजिस्टिक ग्रुप, सीएलआर ३७ मा अल सोर्स इन्टेलिजेन्स एनालिष्ट थिइन् । हिजो उनै अमेरिकी कूटनीतिज्ञ तथा सुराकी विशेषज्ञ काठमाडौं आएकी हुन् ।’
 

टिप्पणीहरू