टेकु अस्पतालका ल्याब टेक्नोलोजिष्ट ५० हजार घुससहित पक्राउ

टेकु अस्पतालका ल्याब टेक्नोलोजिष्ट ५० हजार घुससहित पक्राउ

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट (अधिकृत छैठौं तह) लेखनाथ भट्टराई ५० हजार घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ल्याब दर्ता प्रक्रिया अघि बढाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको आरोपमा समातेको हो । 

घुस रकम लिएलगत्तै आयोगको टंगालबाट खटिएको टोली उनलाई आज काठमाडौँको शंखमुलबाट नियन्त्रणमा लिएको बताइएको छ । 

उनीमाथि थप छानबिन भइरहेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।

 

टिप्पणीहरू