प्रधानन्यायाधीशले पढाउने, सिइओहरुले सुन्ने

प्रधानन्यायाधीशले पढाउने, सिइओहरुले सुन्ने

हिजो अपरान्ह कामु प्रधानन्यायाधीशलगायत श्रीमानहरु सर्वोच्चबाट सोझै नयाँ बानेश्वरतर्फ लाग्नुभयो । अधिकांश श्रीमानको गाडी एभरेष्ट होटलमा पुग्दा पार्किङमा अरु दर्जनौं महँगा सवारी साधन पुगिसकेका थिए । ती वार्षिक करोडौं तलब भत्ता बुझ्ने बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतका गाडी थिए । 

श्रीमान र बैंकरहरु बैंकिङ अपराधसम्बन्धी कार्यक्रममा सहभागी हुन पाँच तारे होटल पुगेका हुन् । बैंकर्स संघ र नेपाल न्यायिक प्रतिष्ठानको आयोजनामा भएको कानुन र कार्यान्वयनसम्बन्धी गोष्ठीमा श्रीमानहरुले बैंकरहरुलाई विद्यमान कानुनबारे जानकारी गराउनुभएको आयोजक संस्थाले जनाएको छ ।

बैंकरहरुले अपराधका नयाँ घटनाक्रमसँग जोडेर बैंकिङ अपराधसम्बन्धी जिज्ञासा राखेका थिए । कार्यक्रमको उद्घाटन कायममुुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले गर्नुभएको थियो । मञ्चमा प्रधानन्यायाधीश कार्कीलगायत केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकलाई राखिएको थियो ।

टिप्पणीहरू