प्रधानमन्त्री कालेश्वरपछि पशुपतिमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथको मन्दिर पुग्नुभएको छ । प्रधानमन्त्री दाहालले गत साता भारत भ्रमणको क्रममा मध्यप्रदेशस्थित उज्जैनमा रहेको महाकालेश्वर मन्दिरको दर्शन गर्ने क्रममा लगाउनुभएको गेरु वस्त्रको व्यापक आलोचना भएको थियो ।
भारत भ्रमणपछि उहाँ आज पशुपति जानुभएको हो । प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, ऊर्जामन्त्री शक्ति बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पनि आज पशुपति पुग्नुभएको हो ।
भारतको महाकालेश्वरमा मन्त्रीहरु महत, साउद, बस्नेतलगायतले गेरु वस्त्र लगाएको फोटो सार्वजनिक भएको थियो ।
आज पशुपति जानुभएका प्रधानमन्त्रीलगायत अधिकांशले दौरा सुरुवाल लगाएको देखिन्छ ।
टिप्पणीहरू