दोहा हिँडेका अढाई सय यात्रु नेपालकै पाँच तारे होटलमा

दोहा हिँडेका अढाई सय यात्रु नेपालकै पाँच तारे होटलमा

कतारको राजधानी दोहा उड्न ठिक्क परेका साढे दुई सयभन्दा बढी यात्रुले गएको रात काठमाडौंको पाँच तारे होटलमा बिताएका छन् ।

दुई सय ६० जना यात्रु बोकेर दोहा उड्नुपर्ने कतार एअरवेजको विमान काठमाडौंको सट्टा कलकत्ता पुगेपछि उडान नम्बर क्युआर ६४६ रध्द गरिएको थियो । 

साँझ साढे ६ बजे काठमाडौंबाट उड्नुपर्ने विमान राति साढे ८ बजेसम्म पनि नआएपछि यात्रुहरुलाई सोल्टी र र्याडिसनमा लगिएको हो । दोहाबाट आएको विमान खराब मौसमका कारण कलकत्ता डाइभर्ट भएको बताइन्छ । 

राति पौने ९ बजे उडान गरिने जानकारी दिए पनि विमान नआएपछि उडान रध्द गरिएको थियो । तर, त्यसअघि र पछिका कतार एअरवेजका उडान भने यथावत सञ्चालन भएको जानकारी दिइएको छ ।

टिप्पणीहरू