बालुवाटारमा भेटवार्ता तारन्तार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उहाँहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेदेखि झण्डै एक घण्टा कुराकानी भएको एकीकृत समाजवादी स्रोतले बताएको छ ।
अध्यक्ष नेपालअघि प्रधानमन्त्रीसँग अर्थमन्त्री डा. प्रकाशशरण महतले भेटेर छलफल गर्नुभएको थियो । उहाँहरुबीच बिहान पौने ९ बजेको समयमा केहीबेर छलफल भएको हो ।
अध्यक्ष नेपाल बाहिरिएपछि प्रधानमन्त्री निवासमा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा सांसद प्रेम आले पुग्नुभएको थियो । उहाँले पनि प्रधानमन्त्री प्रचण्डसँग १० बजेदेखि झण्डै २० मीनेट छलफल गर्नुभएको हो ।
टिप्पणीहरू